Sat, 25 Mar, 2023

गुँरास लाईफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

२०७७ माघ २६ मा प्रकाशितविचार पाना

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गुँरास लाईफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेका अनुसार समयमा बार्षिक प्रतिवेदन पेश नगर्ने भन्दै कम्पनीको सेयर कारोबार रोक्का भएको हो ।

 

कम्पनीहरुले आर्थिक वर्ष २०७५/०७६ को बार्षिक प्रतिवेदन धितोपत्र बोर्डमा पेश नगरेको कारण कारोबार रोक्का भएको हो ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उप नियम (२) बमोजिम बोर्डमा पेश गर्नुपर्ने बार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरण र धितोपत्र सूचीकृत विनियमावली २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम नेप्सेमा पेश गरेको नपाइएको भन्दै कारोबार रोक्का भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया