
काठमाडौं : ग्रीनलाईफ हाइड्रोपावरको आइपीओ आज बाँडफाँड भएको छ। आवेदकमध्ये तीन लाख २५ हजार एक सय ६५ जनाले सेयर पाएका छन् ।
कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको ३२ लाख ५१ हजार छ सय ५२ कित्ताका लागि १३ लाख २२ हजारले आवेदन गरेका थिए।
बाँडफाँडपछि बाँकी रहेको बाँकी २ कित्ता सेयर एक कित्ताका दरले दुई लगानीकर्तालाई दिइएको कम्पनीको आइपीओ बिक्री प्रबन्धक बीओके क्यापिटल्सले जनाएको छ ।
प्रतिक्रिया