Sun, 02 Oct, 2022

नयाँ स्वाद र लेबलमा आइसबर्ग बियर

२०७७ फागुन १८ मा प्रकाशितविचार पाना

काठमाडौं : नेपालको पूरानो र लोकप्रिय बियर आइसबर्ग सोमबारबाट नयाँ स्वाद र लेबलमार्फत बजारमा आएको छ । हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै यो बियर नयाँ स्वाद र लेबलका साथ बजारमा ल्याइएको हो ।

तीन दशकअघि नेपाली बजारमा निकै लोकप्रिय रहेको आइसबर्ग अब उपभोक्ताहरूले नयाँ स्वादका साथ सेवन गर्नसक्नेछन् । गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको नेपालको एक मात्रै बियर हो ।

हिमालयन ब्रुअरीको सहायक कम्पनी त्रिशक्ति डिष्टिलरीका विभिन्न रक्सी पनि नयाँ लेबलका साथ बजारमा ल्याइएको छ । विशेषगरी नेपाली युवाहरूलाई लक्षित गरेर ल्याइएको सात प्रतिशत अल्कोहल रहेको आइसबर्गको यो स्ट्रोङ बियर भए पनि प्रिमियम फिचरमा बजारमा ल्याइएको हो ।

यसको ६५० एमएलको बोतलको मूल्य २८५ रुपियाँ कायम गरिएको छ । हिमालयन ब्रुअरीले स्ट्रोङ सेगमेन्टमा कमाण्डो पनि बजारमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया