Sun, 02 Oct, 2022

युथ कम्युनिटी क्लब अब गोरखामा पनि

२०७८ वैशाख ०५ मा प्रकाशितविचार पाना

गोरखा : युथ कम्युनिटी क्लब गोरखा शाखाको संयोजकमा विनोद अर्याल चयन भएका छन् । शनिबार भएको भेलाले अर्यालको संयोजकत्वमा क्लबको गोरखा शाखा विस्तार गरेको हो ।

युवा व्यवसायीहरुको हक हितका साथै सञ्जाल निर्माण गर्ने र विभिन्न जिल्ला र क्षेत्रका ब्यवसायीविच सहकार्य गर्ने उद्देश्यले पोखरामा स्थापना भएको क्लबको शनिबार गोरखामा शाखा विस्तार गरिएको हो ।

नयाँ बजार स्थित विज्ञान पोलिक्लिनिक तथा अर्याल मेडिकल हलका सञ्चालक विनोद अर्यालको संयोजकत्वमा पाँच सदस्यीय समिति निर्माण भएको हो । क्लबको सदस्यहरुमा बालकृष्ण परियार, किसान थापा मगर, प्रेमध्वज थापा मगर र सुमेन्द्र श्रेष्ठ रहेका छन् ।

 

त्यस्तै भेलाले भाइचन्द्र श्रेष्ठ र विष्णु राना मगरलाई सल्लाहकारमा चयन गरेको क्लबले जनाएको छ । कार्यक्रममा क्लबका केन्द्रिय उपाध्यक्ष जयन्ती मोक्तान, सचिव कृष्ण प्रसाद दाहाल र सदस्य अनिल श्रेष्ठको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया