Sun, 02 Oct, 2022

पोखरामा सहकारीका सिइओहरूलाई चेतनशील तालिम

२०७८ वैशाख ०६ मा प्रकाशितविचार पाना

पोखरा : राष्ट्रिय सहकारी महासंघद्वारा सहकारीका कार्यकारी प्रमुख (सिइओ)हरुका लागि संचालन भएको चेतनशील नेतृत्व विकास तालिम पोखरामा सम्पन्न भएको छ ।

तालिम बैशाख ३ देखि ५ गतेसम्म संचालन भएको थियो । तालिमको संक्षिप्त समापन मन्तव्य राख्दै राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक सुव्वाले सहकारी संघ/संस्थाका प्रमुख कार्यकारीहरुको चेतनशील नेतृत्व विकास अपरिहार्य भएको बताईन । 

तालिममा सहजीकरण गर्नुभएका मास्टर चेतना कोच इन्द्र गुरुङले चेतनसिल नेतृत्व देखिने भन्दा पनि आफैले अनुभुति गर्ने कुरा भएकाले तालिममा सिकेका कुराहरुलाई व्यवहार उतार्न आग्रह गरे ।

तालिममा नेतृत्व क्षमता अभिवृद्धि संगसंगै व्यक्तिगत मास्टरी, आमजन मास्टरी, संस्थागत मास्टरी, तनाव व्यवस्थापन, मुल्यमा आधारित निर्णय लगायतका विषयमा रचनात्मक ढंगले अभ्यास समेत गरिएको थियो ।

तालिममा देशभरका विभिन्न सहकारी संघ/संस्थाका २३ जना कार्यकारी प्रमुखहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया