
पोखरा : राष्ट्रिय सहकारी महासंघद्वारा सहकारीका कार्यकारी प्रमुख (सिइओ)हरुका लागि संचालन भएको चेतनशील नेतृत्व विकास तालिम पोखरामा सम्पन्न भएको छ ।
तालिम बैशाख ३ देखि ५ गतेसम्म संचालन भएको थियो । तालिमको संक्षिप्त समापन मन्तव्य राख्दै राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक सुव्वाले सहकारी संघ/संस्थाका प्रमुख कार्यकारीहरुको चेतनशील नेतृत्व विकास अपरिहार्य भएको बताईन ।
तालिममा सहजीकरण गर्नुभएका मास्टर चेतना कोच इन्द्र गुरुङले चेतनसिल नेतृत्व देखिने भन्दा पनि आफैले अनुभुति गर्ने कुरा भएकाले तालिममा सिकेका कुराहरुलाई व्यवहार उतार्न आग्रह गरे ।
तालिममा नेतृत्व क्षमता अभिवृद्धि संगसंगै व्यक्तिगत मास्टरी, आमजन मास्टरी, संस्थागत मास्टरी, तनाव व्यवस्थापन, मुल्यमा आधारित निर्णय लगायतका विषयमा रचनात्मक ढंगले अभ्यास समेत गरिएको थियो ।
तालिममा देशभरका विभिन्न सहकारी संघ/संस्थाका २३ जना कार्यकारी प्रमुखहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया