Sun, 02 Oct, 2022

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता

२०७८ वैशाख ०६ मा प्रकाशितविचार पाना

लुम्बिनी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भएको छ। कांग्रेस, माओवादी र जसपासहितका मोर्चाबन्दीले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको हो। प्रस्तावित मुख्‍यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ।

 

लुम्बिनी प्रदेशमा एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका २०, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना गरी ८७ सांसद छन्। अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ गरी ४१ जनाले हस्ताक्षर गरेको बताइएको छ। यहाँ बहुमतको सरकार बनाउनका लागि ४३ मत आवश्यक पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया