
काठमाडौं : अन्तर्राष्ट्रिय होटल काठमाडौँ म्यारियट होटलले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । होटलले दुई वर्षको दौडमा काठमाडौंका फुड प्रेमीहरुलाई विभिन्न अफरहरु र फुड उत्सवहरुको साथ नयाँ व्यंजनहरु प्रस्तुत गर्दै आइरहेको छ । पछिल्लो उत्सव भनेको लेबनानी फूड फेस्टिबल हो । होटेलले हालै एक मेडिटरियन रेस्टुरेन्ट, ताहिना टेरेस खोलेको छ । यसको बाहिरी सेटिंग र सिग्नेचर ककटेलको साथ ताहिना टेरेस घुमफिर गर्नको लागि एक राम्रो ठाउँ बनेको छ ।
होटलले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न समुदायका लागि वाक फर वाम्र्थ, थ्याँक्सगिभिंग डिनरमार्फत कोष जम्मा गर्ने र खाना प्रदान गर्ने जस्ता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।
प्रतिक्रिया