Sun, 02 Oct, 2022

बजेटलाई केही संशोधन गर्नुपर्छः पूर्व गर्भनर नेपाल

२०७८ साउन ०१ मा प्रकाशितविचार पाना

काठमाडौं : नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. चिरंजीवि नेपाल र दिपेन्द्र बहादुर क्षेत्रीले नयाँ सरकारले पूर्ण बजेट ल्याउनुपर्ने बताएका छन् ।

सरकारको बजेटमा भन्दा नेपाल राष्ट्र बैंकको नीतिमा नागरिकको विश्वास हुने भएका कारण वित्तीय स्थायीत्वमा केन्द्रीय बैंक अडिक हुनुपर्नेमा उनीहरुको जोड छ । मिडिया इन्टरनेसनलले ‘पुनरुत्थानसँगै र सवल अर्थतन्त्र’ विषयमा गरेको वेवीनार कार्यक्रममा पूर्व गर्भनर डा. चिरंजीवि नेपालले केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई देउवा सरकारले समयअनुकुल संशोधन गर्नुपर्ने बताए । उनले केपी ओली सरकारले ल्याएको बजेटलाई अहिलेको सरकारले एसेप्ट गर्छ भन्ने आफुलाई विश्वास नलागेको बताए । 

राजनीतिक स्थिरता नभएको अवस्थामा सरकार परिवर्तन भएको र बजेट अध्यादेशबाट आएको कारण अहिलेको सरकार बजेट कार्यान्वयन गर्न सक्ने स्थितिमा नपुगेको उनको भनाइ थियो । बजेटमा केही संशोधन गरेर खर्चलाई कटौती गर्दै लैजान आवश्यक रहेको नेपालले बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका अर्का पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले सर्वस्वीकार्य बजेट ल्याउनुपर्ने बताए । सरकारले अध्यादेश मार्फत ल्याएको बजेट भएकाले अहिलेको सरकारले आफ्नो हिसावले बजेट ल्याउन सक्ने उनको भनाई थियो । 

उनले भने, ‘देउवा सरकारले सर्वस्वीकार्य बजेट ल्याउनुपर्छ ।’ त्यसैगरी राष्ट्रिय गौरवका आयोजनाहरु विगत सातआठ वर्षदेखि सफल हुन नसकेको भन्दै यसलाई पनि अबको बजेटले समेटेर लैजानुपर्ने उनको भनाइ छ । 

 

केपी ओली सरकारले गत जेठ १५ गते अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेटले चालु खर्च समेत धान्न सक्ने स्थिति नरहेको अर्थविद् क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया