
धादिङ : नीलकण्ठ नगरपालिकाले किसानलाई विभिन्न प्रकारका अनुदानका सामाग्रीहरु वितरण गरेको छ । नगरपालिकाले ७५ प्रतिशत अनुदानमा एक सय २० वटा आधुनिक टाट्नो वितरण गरेको हो । त्यस्तै ५० प्रतिशत अनुदानमा ५९ वटा चाफकटर (घाँस काट्ने मेसिन) वितरण गरेको हो।
त्यस्तै गाई भैंसीको लागि सुत्केरी भत्ता, मासु पसल सुधार कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा डिप फ्रीज वितरण, ४० प्रतिशत अनुदानमा मत्स्य पोखरी निर्माण लगायतका कार्यक्रमहरु नगरपालिकाले सम्पन्न गरेको छ ।
प्रतिक्रिया