Sun, 02 Oct, 2022

मोबाइल बैंकिंग तथा भुक्तानी प्लेटर्फम ‘एम बैंक’ ६ वर्ष प्रवेश

२०७८ साउन ११ मा प्रकाशितविचार पाना

काठमाडौं : सहकारीको कारोबारलाई डिजिटलाइजेशन गराउन अग्रणी भूमिका खेल्दै आएको मोबाइल बैंकिंग तथा भुक्तानी प्लेटर्फम ‘एम बैंक’ ६ वर्षमा प्रवेश गरेको छ ।

‘एम बैंक’ नेपालमा सबैभन्दा धेरै सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने कम्पनी हो । कम्पनीले हालसम्म करिब ४ सय ५० सहकारी संस्थालाई डिजिटलाइजेशनमा जोडेको कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनले जानकारी दिनुभयो । सहकारी मात्र नभई कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सेवा प्रवाह गरिरहेको उहाँले बताउनुभयो ।

सहकारी क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्राउने र सर्भिस दिनेमा ‘एम बैंक’ सबैभन्दा अगाडी छ । जुनसुकै सफ्टवयर चलाउने सहकारीले पनि ‘एम बैंक’ को सेवा लिन सक्ने कम्पनीका सञ्चालक तथा मुख्य व्यवसाय प्रमुख संजय महासेठले जानकारी दिनुभयो । मोबाईल बैंकिङ सेवा सुरु गर्न चाहने सहकारीले सहजै सेवा लिन सक्ने उहाँको भनाई छ ।

‘एम बैंक’ले सहकारीबाट बैंकमा रकम ट्रान्सफर सेवा, विभिन्न वालेटमा लोड, क्यू आर भुक्तानी, सम्पूर्ण युटिलिटी पेमेन्ट, शेयर खरिदको भुक्तानी, मेरो शेयर र डिम्याट नबिकरण, एटिएम (कार्ड बिना) रकम भुक्तानी सेवा, राजश्व भुक्तानी, ट्राफिक जरिवाना, एस सी टि ATM सेवा, पाठावो, टुटल भुक्तानी र अन्य विभिन्न सेवा सेवा संस्थाले प्रदान गर्दै आएको छ ।

कम्पनीले केही समय अघि मात्रै सहकारी क्षेत्रमा नै पहिलो पटक स्वदेश तथा विदेशबाट पठाएको रेमिटेन्स सहकारीको खातामा जम्मा गर्न मिल्ने सिस्टम पनि सुरुवात गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया