
काठमाडौं : सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्काशन आइपीओ आगामी साउन २० गतेदेखि आवेदन दिन सकिने छ । इन्स्योरेन्सले सो दिनदेखि सर्वसाधारणमा कूल ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।
इन्स्योरेन्सले कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ६० लाख कित्ता प्राथमिक सेयर जारी गर्न लागेको हो ।जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याएको छ । र, बाँकी रहेको ५४ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने भएको छ ।
प्रभु क्यापिटल लिमिटेड उक्त आइपीओको विक्री प्रबन्धक रहेको छ । इच्छुक सर्वसाधारणले छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सक्ने छन् । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ ।
हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ छ। आईपीओ बाँडफाँडपश्चात इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया