Sun, 02 Oct, 2022

सिप्रदी र शिखर इन्स्योरेन्स कम्पनीबीच 'अटो प्लस' सम्झौता

२०७८ साउन १४ मा प्रकाशितविचार पाना

काठमाडौं : नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र शिखर इन्स्योरेन्स कम्पनीबीच अटो प्लसमा सम्झौता भएको छ ।

एक कार्यक्रमका बीच सिप्रदी ट्रेडिङ्ग प्रालिको तर्फबाट संस्थाका उप–सभापति सौरभराज थपलिया र शिखर इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेद्वारा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

अटो प्लसमा सम्झौतामा टाटा मोटर्सद्वारा उत्पादित गाडीहरु जस्तै टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागू हुनेछ । यस अटो प्लस स्कीममा सवारी साधन दर्ता भएको मितिबाट ५ वर्षसम्म लागू हुनेछ ।

यस योजना अन्तर्गत शुन्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाका लागि दैनिक भाडादर ३ हजार रुपैयाँ र टाटा एसरटाटा इन्ट्राका लागि भाडादर १५ सय रुपैयाँ प्रतिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापनयोजना लगायतका फाइदा रहेको कम्पनीको भनाइ छ ।

यो योजनामा सहभागी भएका ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ प्रालिको आफूलाई पायक पर्ने कुनैपनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत् तथा बीमा दावी गर्न सक्नेछन् । अटो प्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकहरुलाई थप सहज हुने दुबै कम्पनीको दावी छ ।

...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया