Sun, 02 Oct, 2022

लगानी कोष र आरोग्य डाइग्नोष्टिक सेन्टर बीच सम्झौता 

२०७८ भदौ १६ मा प्रकाशितविचार पाना

काठमाडौं : नागरिक लगानी कोष र आरोग्य निलायम मल्टिस्पेशलिष्ट पोलिक्लिनिक  एण्ड डाइग्नोष्टिक सेन्टर प्रा.लि. नयाँ बानेश्वर, बीच कोषका कर्मचारीहरु र कर्मचारीका परिवार एवं कोषका कार्यक्रमरुमा सहभागी र सहभागीका परिवारहरुको स्वास्थ परीक्षणमा छुट दिने सम्झौता भएको छ । 

सो सम्झौतामा बुधबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र डाइग्नोष्टिक सेन्टरका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डा.राजेश देव बीच हस्ताक्षर भएको हो । सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा.इन्द्रकुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, कामु नायव निर्देशक रोशन जंग कार्की, उप निर्देशक अमृत बहादुर अधिकारीको उपस्थिती रहेको थियो । 

सो सेन्टरमा कोषका कर्मचारी र परिवारका सदस्यलाई ल्याव सेवामा ३० प्रतिशत, दशैं तिहारमा ल्याव सेवामा ४० प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रा साउण्ड र इसिजिमा २०÷२०  प्रतिशत, माइनर अपरेशनमा १५ प्रतिशत, चिकित्सक परामर्शमा १५ प्रतिशत, बर्षमा एक पटक फुल बडी परिक्षणमा ५५ दशमलब ५६ प्रतिशत र मुख्य अपरेशन गर्न साझेदार हस्पिटलमा बिषेष छुटको व्यवस्था गरिएको छ । 

 

त्यसैगरी कोषका सहभागी र उहाँहरुको परिवारका सदस्यहरुलाई ल्याव सेवामा २५ प्रतिशत,  दशै र तिहारमा ल्याव सेवामा ३५ प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रा साउन्ड र इसिजिमा १५ प्रतिशत, एक्सरेमा १५ प्रतिशत, माइनर अपरेसनमा १० प्रतिशत, चिकित्सक परामर्शमा १० प्रतिशत एवं मुख्य अपरेशन गर्न साझेदार हस्पिटलमा बिषेष छुट दिने सम्झौतामा उल्लेख छ । यस सम्झौताले कोषमा बिभिन्न योजनाहरुमा सहभागि भएका योगदान कर्ताहरुले लाभ लिन सक्ने छन । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया