
काठमाडौं : नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको वडा अधिवेशनमा विवाद उत्पन्न भएको छ ।
१४ औं महाधिवेशनमा सभापतिको दाबेदारी समेत प्रस्तुत गरेका श्रेष्ठको गृह जिल्ला स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं ३ को अधिवेशनको क्षेत्रीय प्रतिनिधिको सहमति गर्ने क्रममा श्रेष्ठले आफ्ना २ छोराहरुलाई प्रतिनिधि पठाउन दबाब दिएपछि विवाद उत्पन्न भएको हो । श्रेष्ठले आफ्नो दबाबमा आफ्ना दुई छोराहरु सम्पुर्णमान श्रेष्ठ र राजु श्रेष्ठलाई प्रतिनिधि पठाउन पटक पटक दबाब दिएको स्रोतले बतायो ।
श्रेष्ठको दबाबकै बाबजुत पनि सहमतिमै ४५ जनाको प्रतिनिधि टुंगिएपनि वडा सभापतिका लागि भने निर्वाचन हुने निश्चित भएको छ । वडा सभापतिका लागि कमलकान्त उपाध्याय, रामचन्द्र नेपाल, विश्वराज शर्मा र गोबद्र्धन श्रेष्ठले उम्मेद्वारी दिएका छन् । वडा सभापतिका लागि कमलकान्त उपाध्याय, रामचन्द्र नेपाल, विश्वराज शर्मा र गोबद्र्धन श्रेष्ठले उम्मेद्वारी दिएका छन् । यद्यपी, क्षेत्रीय प्रतिनिधिमा श्रेष्ठको दबाबकै बीच कांग्रेस युवा नेता तथा संविधान सभा सदस्य राजु थापा निकटका प्रतिनिधिहरु धेरै चयन भएको बुझिएको छ । केन्द्रीय सभापति पदमा उम्मेद्वारी दिने घोषणा गरेका श्रेष्ठले आफ्नै वडामा विवाद उत्पन्न गराएपछि क्रियाशिल सदस्यहरु भने उनीसँग रुष्ट बनेका छन् ।
केन्द्रीय सभापतिमा दाबेदारी प्रस्तुत गरिरहँदा कांग्रेसको तल्लो तह मानिने वडामा समेत यसरी दबाब दिन थालेपछि उनीसँग जिल्ला तहका नेताहरु समेत थप सशंङकित बनेका छन् ।
..
प्रतिक्रिया