
पोखरा : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई स्वास्थ्य प्रयोगशाला परिक्षणमा सहुुलियत प्रदान गर्ने कार्यका लागी लाईफ केयर डायग्नोष्टिक प्रा. लि. पोखरासँग सम्झौता गरेको छ ।
संस्थाको प्रधान कार्यालय बुद्धचोकमा एक कार्यक्रमका बीच संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ र लाईफ केयर डायग्नोष्टिक प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक शुक्रराज कंडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेको संस्थाका व्यवसाय प्रवद्धन विभाग प्रमुख विजया श्रेष्ठले जानकारी दिनुभयो ।
पोखरा रोयल सहकारी ७ हजार ५०० सदस्यहरुलाई सेवा प्रदान गरिरहेको नेपालकै उत्कृष्ठ सहकारी मध्ये एक हो भने लाईफ केयर डायग्नोष्टिक विषय विशेषज्ञ चिकित्सकको टोलीसहित सेवा दिईरहेको गण्डकी प्रदेशकै क वर्गको एक मात्र प्रयोगशाला हो । डायग्नोष्टिकले निजी स्तरबाट कोभिड १९ परिक्षण गर्न समेत नेपाल सरकारबाट स्वीकृत प्राप्त गरि सरल र सहज रुपमा सेवा दिईरहेको छ । सम्झौता बमोजिम सहकारीका सदस्य एवं कर्मचारी परिवारले प्रयोगशालामा परिक्षण गरेको शुल्कमा ३० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले गत हप्तादेखि संस्थाले आफ्ना सदस्यहरुको आवश्यकता तथा माग बमोजिम फरक–फरक व्यावसायिक प्रतिष्ठानहरुसंग सहकार्य गर्दै विभिन्न सेवाहरु सहजताका साथ छुट प्रदान गर्ने उद्धेश्य बमोजिम संस्थागत सम्झौता गर्दै जाने क्रममा स्वास्थ्य प्रयोगशाला सम्बन्धि सम्पूर्ण परिक्षणहरु अत्याधुुनिक प्रविधिबाट हुने संस्थासँग सहकार्य गरिएको जानकारी दिनुभयो । सम्झौताबाट प्रत्यक्ष रुपमा सदस्यहरुले लाभ लिन सक्ने गुरुङले बताउनुभयो ।
कार्यक्रममा लाइफ केयर डाइग्नोष्टिकका तर्फबाट प्रवन्ध निर्देशक शुुक्रराज कँडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारी संस्थाका सदस्यहरु र कर्मचारी परिवारलाई सम्पूर्ण स्वास्थ्य प्रयोगशाला परिक्षण सम्बन्धित उपलव्ध सेवाहरु सस्तो र सुलभ मुल्यमा गुणस्तरीय सेवा दिन तयार रहेको बताउनुभयो ।
सदस्यहरुका लागि यो छुटले थोरै भएपनि राहत प्रदान हुने र थप अन्य स्वास्थ्य प्रतिष्ठानहरुसंग सहकार्य गर्दै सदस्य सेवामा लागिरहने संस्थाको उद्देश्य रहेको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताउनुभयो ।
प्रतिक्रिया