
पोखरा : युथ कम्युनिटी क्लब, पोखराको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभामा स्वास्थ्य तथा जनसंख्या मन्त्री मघु अधिकारी गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । साधारण सभाले चिनबहादुर गुरुङले अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
सर्वसम्वत रुपमा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा शर्मिला लामा, सचिवमा मोहन शाही, सहसचिवम सुशिला केसी र कोषाध्यक्षमा सुनिलकुमार ठाकुर निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा लता बराल, महेश्वर तिमिल्सेना, दिलबहादुर कुँवर, चुननारायण श्रेष्ठ, शोभित बराल र कृष्ण केसी निर्वाचित हुनुभएको छ ।
युथ कम्युनिटी क्लब युवा व्यवसायीहरु बीच साथ, सहयोग, सहकार्यका लागि २०६६ सालमा स्थापना भएको क्लब हो । क्लबमा देशैभरिबाट ३०० भन्दा बढि सदस्य आवद्ध छन् । क्लबले युवाहरुको लागि तालिम, गोष्टी, सेमिनार, अन्र्तक्रिया कार्यक्रम र सामुहिक व्यवसायमा प्रोत्साहित गर्ने खालको कार्यक्रमहरु गर्दै आइरहेको छ ।
क्लब हाल पोखारासँगै काठमाडौं, बुटवल, गोरखामा गठन भईसकेको छ ।
प्रतिक्रिया