
पोखरा : युथ कम्युनिटी क्लब, नेपाल शनिबार गठन गरिएको छ । ३ वर्ष अघि कास्की जिल्लाबाट सुरु भएको युथ कम्युनिटी क्बल देशभर विस्तार गर्ने उद्देश्य अनुरुप केन्द्रीय समिति गठन गरिएको हो । शनिबार पोखरामा सम्पन्न भेलाले केन्द्रीय समिति गठन गरेको हो ।
युथ कम्युनिटी क्लब, कास्कीका निवर्तमान अध्यक्ष पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा केन्द्रीय समिति गठन गरिएको हो । ३ सय जना युवा व्यवसायी सदस्य रहको यस क्लब काठमाडौं, बुटवल, चितवनमा समेत विस्तार धभैसकेको छ । विभिन्न व्यवसायमा आवद्ध युवा व्यवसायीहरु बीच साथ, सहयोग र सहकार्यमा क्लबले काम गर्दै आएको छ ।
नव गठित केन्द्रीय समितिको प्रथम उपाध्यक्षमा जयन्ती मोक्तान, द्वितिय उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल, महासचिवमा काजी श्रेष्ठ लगायत रहेका छन् ।
त्यस्तै गण्डकी प्रदेश संयोजक ओम प्रसाद दाहाल, सचिवमा स्नेहा गुरुङ, कोषाध्यक्ष बिजय चापागाई, सह–कोषाध्यक्ष अमर भट्टराई रहेका छन् । त्यस्तै सदस्यहरु आशिष बिश्वकर्मा, तिलोचन सापकोटा रहेका छन् ।
प्रतिक्रिया