Sat, 25 Mar, 2023

खाँडादेवीको जेसीजको अध्यक्षमा सम्झना श्रेष्ठ

२०७८ पुष १२ मा प्रकाशितविचार पाना

रामेछाप : खाँडादेवी जेसीजको दोस्रो अध्यक्षमा सम्झना श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार सम्पन्न शाखाको पहिलो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो ।

संस्थापक महासचिवमा रहेर शाखालाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी श्रेष्ठ दोस्रो अध्यक्ष बन्ने सौभाग्य प्राप्त गरेकी हुन् ।
 
युवा उद्यमी होमराज श्रेष्ठको संस्थापक अध्यक्षमा स्थापना भएको यो शाखाले रत्ननगर महाधिवेशनबाट सम्भावित, भलबारी महाधिवेशनबाट प्रस्तावित हुँदै यस वर्ष पोखरामा सम्पन्न ४८ औँ महाधिवेशनबाट शाखा पूर्ण स्वीकृत भएको थियो । शाखाको कार्यकारीणी उपाध्यक्षमा गुणराज श्रेष्ठ र सरिता श्रेष्ठ, उपाध्यक्षहरुमा दिपक राउत, रामकुमार श्रेष्ठ, रेश्मा श्रेष्ठ र सुजन श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी नवनिर्वाचित अध्यक्ष श्रेष्ठले महासचिवमा विनोद कुमार श्रेष्ठ, कानुुनी सल्लाहकारमा होमबहादुर खत्री र कोषाध्यक्षमा विपिनराज श्रेष्ठलाई मनोनित गरेकी छिन् ।

 

त्यसैगरी कोषाध्यक्षमा बिपिन राज श्रेष्ठ, सह महासचिवमा जेसी चन्द्र माया श्रेष्ठ र सह कोषाध्यक्षमा मन्दिरा श्रेष्ठ निर्वाचित भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया