Sun, 02 Oct, 2022

माओवादीको अनुरोधमा प्रतिनिधिसभा बैठक स्थगित

२०७८ पुष १८ मा प्रकाशितविचार पाना

काठमाडौं : संघीय संसद प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । माओवादी केन्द्रको आग्रहमा बैठक स्थगित गरिएको संसद सचिवालयका एक कमर्चारीले बताए । सचिवालयले बैठक स्थगितबारे केही बेरमा सूचना प्रकाशित गर्दैछ । 

संसद बैठकअघि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । सभामुख सापकोटाले विहान ११:३० बजे शंकर हलमा कार्यव्यवस्थाको बैठक बोलाएका थिए ।

संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर विरोध गर्दै आएको छ ।

...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया