Sat, 25 Mar, 2023

शेखरको जिल्लामा पुगेर महामन्त्री शर्माले गरे देउवाको प्रशंसा

२०७८ पुष २० मा प्रकाशितविचार पाना

विराटनगर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेता शेखर कोइरालाको गृहजिल्ला सुनसरी आएर सभापति शेरबहादुर देउवाको प्रशंसा गरेका छन् ।

मंगलबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकार महामारी नियन्त्रणमा सफल भएकाले अहिलेको सरकार सफल भएकोसमेत दाबी गरे । उनले राष्ट्रिय सभाको चुनावमा गठबन्धन दलले जित्ने जिकिर गरे ।

राष्ट्रिय सभाको चुनाव मा मात्रै कि आउने चुनावमा पनि गठबन्धन कायमै हुन्छ भन्ने सञ्चारकर्मीको जवाफमा उनले पास्नीको समयमा पास्नीको शुभकामना दिनुपर्ने बताए । पास्नीमा गएर विवाहहको शुभकामना दिन नहुने भन्दै उनले पछिको कुरा पछि नै हुने मात्रै बताए । उनले महाधिवेशन पछाडि सभापतिसमेत रहेका देउवा नेतृत्वको सरकारलाई काम गर्न थप ऊर्जा मिलेको बताए ।

राष्ट्रिय सभाको चुनावमा कांग्रेसलाई गठबन्धनसँग मिल्दा तीनवटा सिटमा फाइदा पुगेको शर्माले बताए । पहिला तीनवटा सिटमा मात्रै कांग्रेसकाे भएकामा अन्य तीनवटा सिट पनि कांग्रेसका लागि फाइदा भएको उनले उल्लेख गरे । प्रदेश १ मा मात्रै एमालेसँग प्रतिस्पर्धा देखिएको बताउँदै उनले सातवटै प्रदेशमा गठबन्धन दलले चुनाव जित्नेसमेत दाबी गरे । महामन्त्री शर्मा राष्ट्रिय सभाका सदस्य गोपाल बस्नेतको टिकट लिएर विराटनगर आएका हुन् । 

..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया