Sun, 02 Oct, 2022

चैत १८ र १९ गते फर्स्ट ओपन फुटसल प्रतियोगिता हुने

२०७८ चैत ०९ मा प्रकाशितविचार पाना

काठमाडौं : घोडे जात्राको अबसरमा ‘फर्स्ट ओपन फुटसल प्रतियोगिता’ आयोजना हुने भएको छ ।

हिमालयन फुटबल क्लबको आयोजनामा चैत १८ र १९ गते हुने ओपन फुटसल प्रतियोगितालाई ओएसआर डिजिटलले मुख्य प्रायोजना गरेको छ । ओएसआर डिजिटल नेपाली मनोरञ्जन क्षेत्रको डिजिटल अधिकार खरिद गर्ने लिडिङ कम्पनि हो । भाटभटेनी हेल्थ क्लब चुच्चेपाटी (भाटभटेनी सुपरमार्केटको सातौं तला) मा प्रतियोगिताका खेलहरु हुने छन् । ओपन फुटसल भएकाले अहिले टिम दर्ताका लागि समय दिइएको आयोजकको तर्फबाट वसन्त निरौलाले बताए । निरौलाका अनुसार चैत्र १६ गतेसम्मलाई टिम दर्ताको समय छुट्याइएको छ ।

दर्ता शूल्क ४ हजार ४ सय ४४ रुपैयाँ तोकिएको पनि जनाइएको छ । यसैगरी प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउँदा उप विजेता हुने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ पाउने छ । यसैगरी मोस्ट भ्यालुएबल प्लेयर र वेस्ट गोल किपरले ५ हजार ५ सय ५५ नगद पुरस्कार पाउँदा फेयर प्ले टिमले ९ हजार ९ सय ९९ रुपैयाँ हात पार्ने छ ।

 

‘स्वास्थ्य जीवनको लागि खेलकुद अनिवार्य छ, आयोजक मध्येका एक कुसुम कडरियाले भने, ‘पछिल्लो समय युवा पुस्तामाझ फुटसलप्रतिको बढ्दो क्रेजलाई ध्यानमा राख्दै पहिलो पटक यो प्रकारको प्रतियोगिता आयोजना गर्न लागेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया