Sun, 02 Oct, 2022

स्याङ्जा गल्याङ-१ मा शालिकराम बस्यालनै किन?

२०७८ चैत १९ मा प्रकाशितविचार पाना

स्याङ्जा : स्थानिय निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न स्थानिय तहमा दाबेदारी प्रस्तुत गर्ने, उम्मेदवारी घोषणा गर्ने क्रमले देशैभर तिब्रता पाइरहेको छ । निर्वाचन आयोगले आगामी बैशाख ११ र १२ लाई उम्मेदवारी दर्ताको मिति तोकेसँगै राजनीतिक सरगर्मी थप चर्किंदो छ ।

यति बेला स्याङ्जाको गल्याङ नगरपालिका भित्रका चिया पसलदेखि अन्य जमघट र घर–घरमा समेत गल्याङको अबको नेतृत्व कसले गर्ने चर्चाले प्राथमिकता पाइरहेको छ । यसैक्रममा गल्याङ नगरपालिका वडा नं. १ मा सबैभन्दा पहिला आउने नाम शालिकराम बस्याल नै हुन् । 

शालिकराम बस्याल स्याङ्जा जिल्लाको पश्चिम क्षेत्रमा परिचित नाम हो । सामाजिक र विकास निर्माणका लागि कटिबद्ध उनी नेपाली कांग्रेसको राजनैतिक यात्रासँगै जनता सुख अनि दुःखमा हातेमालो गर्ने सारथी बनेका छन् । सरकारी शिक्षक सेवा छाडेर समाजसेवा मै जीवन समर्पण गरेका उनी नेपाली कांग्रेसका पुराना र त्यागी हुन् । अघिल्लो निर्वाचनमा पराजय भोगेका उनी यसपालि भने निर्वाचन जितेर जनतालाई विकाससँगै समृद्धिको यात्रा गराउनेमा उनी कटिवद्ध छन् ।

समकक्षी, प्रतिपक्ष र आम नागरिकको आवाज बनिरहेका बस्यालले मालुङ्गामा गरेका कामको चर्चा गर्दछन् । तत्कालीन समयमा मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्थापना र हालसम्म नेतृत्व गर्दै समाजलाई शैक्षिक स्तर वृद्धिमा कृयाशिल छन् उनै शालिकराम बस्याल । 

मालुङ्गामा संचालित चिदिपानी खानेपानी आयोजनाको सुरु बस्यालकै नेतृत्व भएको थियो । पश्चिम स्याङ्जाको गौरवको योजनाको रुपमा मानिएको मालुङ्गा–बास्टारी सडकलाई हालसम्मको निर्माणमा उनकै सकृयतामा र प्रयासले भैरहेको छ ।

समकक्षी र भिन्न पार्टीको साथिहरु समेतलाई एकजुट बनाएर हिड्ने उनले मालुङ्गा उत्तरवाहिनी खाडा र फाट दर्पुक जोड्ने ढाबको पुलको डिपिआर तयार गराउनका लागि अग्रसरहुँदै पहल गराएका हुन् । 

आधिखोलाको पानी मालुङ्गामा सिचाइ गर्न लाई प्रयत्न गराएर सहमती समेत गराएको साथै प्रतिसेकेन्ड २२५ लिटर उपलब्ध गराउनको लागि सहमती पत्रमा मालुङ्गाको प्रतिनिधित्व गर्दै तत्कालीन समयमा हस्ताक्षरकर्ता र काम अघि बढाउन पटकपटक लागिरहेका ब्यक्ती उनै बस्याल हुन् । 

कुष्ठरोग निवारण संस्थाको जग्गा मालुङ्गाको लागि र प्राथमिक स्वास्थ्य केन्द्रको लागि स्वामित्व हस्तान्तरण गराएको, सार्वजनिक माध्यमिक बिद्यालयको ब्यबस्थापन समितिको अध्यक्ष हँुदा धेरै योजना ल्याउदै थप परिस्कृत गराएका ब्यक्ती हुन् उनी ।

उत्तर वाहिनिमा  प्राकृतिक अस्पतालको निर्माणका लागि हाल उनकै नेतृत्वमा काम अघि बढाइरहेको, ठुलिबारी–जौखर्क–गाउँ कोटघर–बोझाभी–कटुवा जाने बाटोको लागि पहलदेखि निर्माण सम्मको नेतृत्व, बसिन्डाडा–ठुलाबगर सडक निर्माणका लागि नेतृत्व र बजेट समेतको पहल लगायत धेरै काम गर्न उनी सफल भएका छन् । साविकको  मालुङ्गा ८ र ९ नम्बर जोड्ने धाङ्गलिङ्ग खोलाको मोटरेवल पुन उनैको नेतृत्वमा निमार्ण भएको थियो । हालको वडा कार्यालय भवन निमार्णको लागि आवश्यक बजे मन्त्रालयमार्फत उनकै पहलमा निकासा भएको थियो । 

विकास निमार्णका यी र यस्ता प्रतिनिधि मुलक काम मात्र होइन जनताको सुख दुःखको सारथी हुन् उनी । बस्यालमा सबै राजनीतिक दल र जन मानसलाई मिलाएर लैजाने खुबी रहेको जानकारहरु बताउँछन् । मालुङ्गाका शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पुल लगायतका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बस्याल बताउँछन् । पार्टीका अग्रज नेता, नगरबासीको सहयोगले वडा अध्यक्ष बनाएको खण्डमा धेरै विकास गर्ने योजना रहेको उनी बताउँछन् ।

मालुङ्गा महालिङ्गधाम उत्तर बाहिनी क्षेत्रसहित रामनदी धामलाई धार्मिक पर्यटन स्थल रुपमा विकसित गर्ने एजेण्डा रहेको उनी बताउँछन् । बाँकी जीवन राजनीतिमै क्रियाशिल रहेको गाउँ र समाजलाई समृद्धितर्फ उन्मुख गराउन दत्तचित्त भएर लाग्ने उनको प्रण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
52 %
WOW
0 %
 Like
17 %
Laugh
26 %
Sad
4 %
Angry
0 %

प्रतिक्रिया