Sun, 02 Oct, 2022

को बन्ला निलकण्ठ–८ को वडा अध्यक्ष?

२०७८ चैत २१ मा प्रकाशितविचार पाना

धादिङ : स्थानिय चुनावको मिति नजिकिँदै गर्दा विभिन्न स्थानिय निकायमा दाबेदारी प्रस्तुत गर्ने, उम्मेदवारी घोषणा गर्ने क्रमले देशैभर तिब्रता पाइरहेको छ । निर्वाचन आयोजले आगामी बैशाख ११ र १२ लाई उम्मेदवारी दर्ताको मिति तोकेसँगै राजनीतिक सरगर्मी थप चर्किंदो छ ।

यस्तै क्रममा निकलण्ठ नगरपालिका वडा नं ८ मा अहिले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको तर्फबाट ५ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । हालको वडा अध्यक्ष गुणबहादुर थपलियाले पनि दाबेदारी प्रस्तुत गरेका छन् । त्यस्तै वडा सदस्यहरु प्रकाश कुमार श्रेष्ठ र रमेश कोईरालाले पनि दाबेदारी प्रस्तुत गरेका छन् । त्यस्तै नारायण शिलवाल र ठाकुर कुमालले पनि आफुलाई वडा अध्यक्षको रुपमा दाबेदारी प्रस्तुत गरेका छन् । 

हालको वडा अध्यक्ष थपलिया पुनः एक कार्यकाल दोहोर्याउने पक्षमा छन् । 
 

मुख्यत: प्रमुख दाबेदारीको रुपमा थपलिया, श्रेष्ठ र कोईराला नै हुन् । तीनै जनासँग सरकारमा बसेर काम गरेको अनुभव छ । यी तीन जना मध्येबाट एक जनाले पार्टीको टिकट हात पार्ने एक नेताले बताए । तर, लबिङ र पावर पुगेको अवस्थामा बाहिरी व्यक्तीले पनि टिकट हात पार्न सक्छन् ।

हालको वडा अध्यक्ष थपलिया पार्टीका पुराना नेता हुन् । थपलिया वडा अध्यक्ष भैसकेको र अब युवालाई नेतृत्व गर्ने अवसर दिनुपर्छ भन्ने आवाज वडाबाटै उठ्न थालेको छ । 

निठकण्ठ ८ मा १३ सय घरधुरी छन् । करिब पाँच जनसंख्या रहेको यस वडामा २९ सय मतदाता रहेका छन् । जसमध्ये ९० प्रतिशत मत कांग्रेसको रहेको दाबी गरिएको छ । यस वडा नेपाली कांग्रेसकै गढको रुपमा परिचित छ । नेपाली कांग्रेसबाट जसले टिकट पाउँछ उसले चुनाव जित्ने निश्चित नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
53 %
WOW
0 %
 Like
6 %
Laugh
29 %
Sad
6 %
Angry
6 %

प्रतिक्रिया