Sat, 25 Mar, 2023

पुतलीबजारको मेयरमा चर्चामा तुलसीराम रेग्मी

२०७८ चैत २५ मा प्रकाशितविचार पाना

स्याङ्जा : स्याङ्जा जिल्लाको सदरमुकाम समेत रहेको पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाकै राजनितीको केन्द्र मानिन्छ । सबैभन्दा पुरानो पार्टी र हरेक कालखण्डमा अभिभाबकीय भुमिकामा रहेको नेपाली कांग्रेस पार्टीको नगर प्रमुख पदमा उमेदवारको चर्चा हुनु स्वभाबिक नै हो ।

यसैबीचमा आफ्नो सम्पुर्ण जीवन राजनीतिमा समर्पण गरेका तुलसीराम रेग्मीले नगर प्रमुख पदमा उम्मेवार दिने घोषणा गरिसकेका छन् । स्याङ्जाको पुतलीबजार न.पा. ५ नयाँ बजारमा जन्मेका रेग्मी तत्कालीन अवस्थामा एक मध्यम शिक्षित परिवार भित्रको सदस्य थिए । सुरुवाती दिनमा व्यापार पेशा अगालेका रेग्मी समाजसेवामा समेत सक्रिय भए ।

राजनीतिमा लोकप्रिय हुदाँहुदैपनि २०७४ को स्थानीय तहको निर्बाचनमा पुतलीबजारको मेयरको टिकट फुत्काउन सफल भएका रेग्मि आफ्नै पार्टी भित्र आन्तरिक तालमेल र केही प्राबिधिक तालमेल नमिलेकै कारण केही मतले उपबिजेता हुन पुगे । उप बिजेता भएर पनि जनताको सेवामा समर्पित भएर लागे यति मात्रै होइन निर्वाचनमा हारेको पिडा छदै थियो त्यसमाथी परदेश पुगेका आफ्ना एकमात्र छोरा गुमाउनुपर्दा समेत नगरबासीका दुख र सुखमा सँधै साथमै रहे ।

 

पार्टीको १४ औं अधिबेशन पश्चात् क्षेत्रीय सभापतिमा निर्बाचित भएपछी पनि हाल आफ्नो क्षेत्रभित्र जिम्मेवार पुर्बक सक्रिय रुपमा काम गरिरहेका रेग्मी स्थानीय तहको निर्बाचनमा पार्टीले पुतलीबजारको मेयरको टिकट दिए गएको स्थानीय तहको निर्बाचनमा संगालेका पुरानो तितोमिठो अनुभवबाट पाठ सिकेर जुनसुकै हालतमा निर्बाचन जित्ने र नमुना पुतलीबजार बनाएर काम गरेर देखाउने अठोटका साथ लागिरहेको बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
63 %
WOW
6 %
 Like
16 %
Laugh
13 %
Sad
0 %
Angry
3 %

प्रतिक्रिया