
धादिङ : नीलकण्ठ नगरपालिका वडा नं. ८ को वडा अध्यक्षमा प्रकाश कुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
श्रेष्ठ नेपाली कांग्रेस निकट हुन् । यस अघिको निर्वाचनमा नेपाली कांग्रेसबाट अत्याधिक मत ल्याई वडा सदस्यमा निर्वाचित भएका थिए ।
स्वतन्त्र रुपमा उम्मेदवारी दिँदा आफूलाई पिडित र भावुक बनेको प्रतिक्रिया दिएका छन् । पार्टी नेतृत्वबाट जनताको आवश्यकता र मागलाई दबाउने कार्य भएको समेत उनले प्रतिक्रिया दिएका छन् ।
उम्मेदवारी फिर्ता नहुने समेत दाबी उनले गरेका छन् ।
निलकण्ठ ८ मा लोकप्रिय नेताको रुपमा आफूलाई उभाएका छन् । नगरबासीको माग र समर्थमा नै उनले उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दिने क्रममा सयौं नगरबासी पनि सहभागी थिए ।
प्रतिक्रिया