
हेटौँडा : तीन दशक लामो राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिबाट राजीनामा दिएर स्वतन्त्र बस्नु भएका मकवानपुरका नेता मधु अधिकारी नेकपा एस अर्थात् नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।
आइतबार पोखरा पुगेर अधिकारी समाजवादीमा समाहित हुनु भएको हो । उनलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले टीका लगाएर स्वागत गरेका थिए। ‘पार्टीमा उचित र सम्मानित भूमिका दिइनेछ,’ नेपालले भने, ‘राजनीति सहअस्तित्व र सहभागितात्मक हुनुपर्छ, कसैलाई काखापाखा र अन्याय गरिनेछैन, यही विभेदविरुद्ध एमालेमा विद्रोह गरेर नयाँ पार्टी स्थापना गरिएको हो ।
पार्टी प्रवेशपछि अधिकारीले समाजवादी यात्रामा सक्रिय रहने बताए । उनले राप्रपामा अझै पनि अवसरवाद, नातावाद र सामान्तवादको अभ्यास जारी रहेको र संगठनमा दिलोज्यान दिनेहरु अवसरबाट विमुख हुने क्रम अरु बढेकाले विद्रोह गरेको बताए ।
...
प्रतिक्रिया