Thu, 08 Dec, 2022

राउत दाजुभाईले सुरु गरे बेकरिज द केक सप 

२०७९ जेठ १५ मा प्रकाशितविचार पाना

बिर्तामोड : युवा उद्यमी दिपेन्द्र राउत र उमेश राउत मिलेर बिर्तामोडमा बेकरिज द केक सप सञ्चालनमा ल्याएका छन् । गणतन्त्र दिवसको अवसर पारेर झापाको बिर्तामोडमा बेकरिज द केक सप सञ्चालनमा ल्याईएको हो ।

आज कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईं, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र बिर्तामोड ५ का वडा अध्यक्ष रोहित प्रसाईंले सपको उद्घाटन गरेका छन् । 

राउत दाजुभाईले २५ लाख रुपैयाँको लगानीमा बेकरिज द केक सप सञ्चालनमा ल्याएका हुन् । सपमा बेकरी सम्बन्धी सम्पूर्ण परिकार पाउनुका साथै कफी पनि उपलब्ध रहेको जनाइएको छ । १० किलोमिटर आसपासका क्षेत्रमा होम डेलिभरीको व्यवस्था सपले गरेको छ ।

त्यस्तै, विदेश अध्ययन तथा रोजगारका लागि जाने युवालाई लक्षित गरी वारिस्टा कफी स्कुल समेत सञ्चालनमा ल्याएको सञ्चालक दिपेन्द्र राउतले जानकारी दिए ।

वारिस्टा कफी स्कुलमा विदेश जाने तथा स्वदेशमै स्वरोजगार बन्न कफी तालिम लिन चाहनेहरुका लागि १५ दिने र ३५ दिने कफी बनाउने तालिम उपलब्ध गराउने उनले बताए ।

May be an image of indoor and text that says 'Bakeriz 川 川'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया