Sun, 02 Oct, 2022

नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा सरोज अधिकारीको उम्मेदवारी घोषणा

२०७९ असार २९ मा प्रकाशितविचार पाना

काठमाडौं : नेपाल प्रेस युनियनको आसन्‍न महाधिवेशनमा सरोज अधिकारीले केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

वर्तमान कार्यसमितिका कोषाध्यक्ष अधिकारीले बुधबार विभिन्‍न बिटमा काम गरिरहेका पत्रकारहरूसँगको छलफलको क्रममा उम्मेदवारी घोषणा गरेका हुन्। यसअघि कांग्रेस बिटमा काम गरिरहेका क्रियाशिल पत्रकार, मुलधारका सञ्‍चारमाध्यमका सम्पादक, जिल्ला अध्यक्ष र पार्षदहरूसँग राय लिइसकेका अधिकारीले बुधबार भने औपचारिक रूपमा उमेदवारी घोषणा गरेका हुन्। 

'म आज प्रेस युनियनको केन्द्रीय अध्यक्षमा उमेदवारी घोषणा गर्न चाहन्छु,' अधिकारिले भने ,'अब म अध्यक्षको उमेदवारीबाट पछि हट्ने छैन।' उनले आफू सँधै श्रमजीवी पत्रकारको साथमा रहेको बताउँदै श्रमजीवी पत्रकारको पक्षमा कसैसँग सम्झौता नगर्ने, पत्रकारको हकहित र पेशागत सुरक्षा र पत्रकारको क्षमता अभिवृद्धिका लागि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

No description available. 

 

संसदीय मामिला पत्रकार समाज,नेपाल आर्थिक पत्रकार समाज (सेजन), खेलकुद पत्रकार मञ्च, फोटो पत्रकार क्लब, चलचित्र पत्रकार संघ, नेपाल सहकारी पत्रकार समाज, स्वास्थ्य पत्रकारलगायतका शुभेच्छुक पत्रकारहरूको सहभागिता थियो।

 

Image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया