Thu, 08 Dec, 2022

गौतमश्री बहुउद्देश्यीय र पशुपति सहकारी विरुद्ध सदस्यको सहकारी विभागमा सामुहिक उजुरी

२०७९ साउन १५ मा प्रकाशितविचार पाना

काठमाडौं : कुलेश्वरमा मुख्य कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाले बचत फिर्ता नदिएको र सञ्चालक फरार भएको भन्दै सदस्य (बचतकर्ताहरू)ले सहकारी विभागमा सामुहिक उजुरी दिएका छन् ।

आइतबार विभागमा भेला भएर उनीहरूले सामूहिक रूपमा उजुरी दिएका हुन् । संस्थाका सञ्चालकहरूले सात दिनका लागि कार्यालय बन्द गर्ने सुचना सदस्यहरुलाई दिएको र हाल सबै सञ्चालक, कर्मचारीहरु सम्पर्क विहिन बनेको सदस्यहरुको आरोप छ ।

संस्थाका सदस्यहरुले प्रमाण समेत राखेर विभागमा उजुरी दिएका छन् । यो समाचार तयार पार्दासम्म २ सय २५ सदस्यले सामुहिक उजुरी दिएका छन् ।

सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले हालसम्म २२५ जना सदस्यले उजुरी दिएको र उजुरी दिने क्रम बढ्दो क्रममा रहेको जानकारी दिनुभयो ।

यस अघि पशुपति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका सदस्यहरुले पनि सामुहिक उजुरी दिएका छन् । संस्थाका ७८ जना सदस्यले साउन २ गते संस्था विरुद्ध सहकारी विभागमा उजुरी दिएका हुन् ।

उनीहरुले ३ वर्षदेखि आफूहरुलाई संस्थाले झुलाएको आरोप छ । यस विषयमा पनि सहकारी विभागले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
100 %
Angry
0 %

प्रतिक्रिया