Thu, 08 Dec, 2022

'तीज आयो बरिलै' सार्वजनिक

२०७९ साउन १५ मा प्रकाशितरोहन सिंह

काठमाडौं : गायिका जुनु गौतमको स्वरमा हरितालिका पर्व लक्षित तीज गीत 'तीज आयो बरिलै' सार्वजनिक भएको छ ।

स्वामी रामदेव र आचार्य बालकृष्ण संलग्न चर्चित योगपीठ पतन्जलीको अधिनमा रहेको संस्था 'हाम्रो स्वाभिमान'को तर्फबाट उक्त गीतको भिडियो निर्माण गरिएको छ ।

संसारभर छरिएर रहेका नेपालीहरुको एकता र मातृत्वको भावना जोड्ने उद्देश्यले भारतमा स्थापना भएको 'हाम्रो स्वाभिमान'ले पहिलो पटक कुनै पनि नेपाली सांस्कृतिक विधामा लगानी गरेको हो । भारतमा रहेर यो संस्थाले नेपालीहरुलाई सांस्कृतिक रूपमा एक बनाउन गर्न विभिन्न चाडपर्वहरूको अबसरमा विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । सार्वजनिक गीतमा चेलीहरूको माइती प्रेम र भगवान शिवको आराधना समेट्दै खुशी साट्न भोलि पर्खिने होइन आजै रमाउनुपर्छ भन्ने भावना व्यक्त छ ।

 

 

गीतमा शब्द तथा संगीत नविन श्रेष्ठको छ भने एरेञ्जको काम सुन्दर लामाले गरेका छन् । अभिनेत्री तथा मोडल सुष्मा अधिकारी र गायिका जुनुले उक्त गीतमा कम्मर मर्काएका छन् । तारा थापा 'किम्भे'को सम्पादनमा बनेको गीतमा छायांकन शिव ढकालको छ । विनोद विष्टले निर्देशन गरेको गीतमा कोरियोग्राफी कमल राईले गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया