Sun, 02 Oct, 2022

सनराइज बैंकको मुद्दती खाता १ लाखको १५ लाख हुने

२०७९ भदौ २० मा प्रकाशितरोहन सिंह

काठमाडौं : सनराइज बैंकले १५ गुणासम्मको प्रतिफल दिने मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।  सनराइज गज्जबको मुद्दती खाता नाम दिइएको उक्त खातामा तोकिएको समयसम्म मुद्दती गरिएको रकमको ५ गुणादेखि १५ गुणासम्म रकम प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

यस खातामा १४ वर्ष ८ महिनामा मुद्दती रकम ५ गुणा हुने, २० वर्ष ११ महिनामा मुद्दती रकम १० गुणा हुने र २४ वर्ष ७ महिनामा मुद्दती रकम १५ गुणा हुने बैंकले जनाएको छ ।

बैंकको अनुसार यस योजनामा सहभागी हुन न्युनतम २५ हजार रकम मुद्दती गर्नुपर्ने छ । उक्त योजनाको अवधिमा पैसा आवश्यक परे जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा समेत लिन सकिने बैंकले जनाएको छ ।

यस योजनामा सहभागी हुने ग्राहकहरुलाई बैंकले ५ लाखसम्मको क्रेडिट कार्डको जारी शुल्क र लकर शुल्क नलाग्ने व्यवस्था गरेको जानकारी दिएको छ ।

हाल बैंकले १३९ वटा शाखा, ९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा एटिएम मार्फत आफ्ना ९ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया