Thu, 08 Dec, 2022

वाणिज्य बैंकहरुको निक्षेप एक साता मै ११ अर्बले बढ्यो

२०७९ भदौ २० मा प्रकाशितविचार पाना

काठमाडौं : एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेको छ । नेपाल बैंकर्स संघका अनुसार भदौ १७ गतेसम्म वाणिज्य बैंकहरुमा निक्षेप संकलन ११ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको हो ।

भदौको पहिलो सातादेखि वाणिज्य बैंकहरुको निक्षेप संकलन ४४ खर्ब २६ अर्ब रुपैयाँमा स्थिर रहेकोमा तेस्रो साता (भदौ १७) गते सम्म आईपुग्दा ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको हो ।

यसैगरी यता वाणिज्य बैंकहरुको कर्जा लगानी पनि बढेको छ । भदौ ३ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७८ अर्ब रुपैयाँ रहेकोमा भदौ दोस्रो साता बढेर ४१ खर्ब ८० अर्ब रुपैंया पुगेको थियो। भदौ १७ गतेसम्म आईपुग्दा कर्जा लगानी एक अर्ब रुपैंयाले बढेर ४१ खर्ब ८१ अर्ब रुपैंया पुगेको छ ।

यता बाणिज्य बैंकहरुको औसत सीडी रेसियो भने भदौं तेस्रो सातासम्म ८८.२५ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया