Sun, 02 Oct, 2022

बाहिर हल्ला भएजस्तो सहकारी क्षेत्रमा समस्या छैन : महासंघ

२०७९ भदौ २३ मा प्रकाशितविचार पाना

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले बाहिर हल्ला भएजस्तो सहकारी क्षेत्रमा समस्या नभएको दावी गरेको छ । महासंघले विहीबार अपील जारी गर्दै निश्चिन्त भएर सहकारीको सेवा आम सहकारीकर्मी सदस्यलाई आग्रह गरेको हो ।

महासंघको अपीलमा कोभिड १९ को महामारी रुस युक्रेनबीचको युद्ध र बढ्दो ब्यापारघाटाले देशको अर्थतन्त्रमा पारेको प्रभावका कारण बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अभाव भई केहि सहकारीमा पनि असर परेको उल्लेख गरिएको छ ।

महासंघले सहकारी संस्थाहरु स्वनियम, सुशासनमा संचालन हुनुपर्ने, संघसंस्थाको क्रियाकलाप नीति विधि र प्रविधिमैत्री हुनुपर्ने भन्दै ७ बुँदे अपील पनि जारी गरेको छ ।

अपीलमा विभागको निर्देशन अनुसार वित्तीय विवरण प्रकाशन गर्न, छिटो साधारणसभा गरी सदस्यहरुलाई विश्वासमा लिन, ऋण असुलीलाई प्राथमिकतामा राख्न, समस्या भएमा माथिल्लो तहको संघ वा बैंकसँग समन्वय र सहजिकरण गर्न आग्रह गरिएको छ ।

महासंघले सहकारीको समस्या समाधानमा गम्भिर रहेको र आगामी दिनमा पनि अभिभावकीय भूमिका निर्वाह गर्न क्रियाशिल रहेने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया