Sun, 02 Oct, 2022

आइएमई दसैं अफर : दैनिक र साप्ताहिक गरी नौ विजेता छनोट

२०७९ भदौ २४ मा प्रकाशितविचार पाना

काठमाडौं : दसैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दसैं अफर अन्तर्गत पहिलो हप्ताका विजेता सार्वजनिक गरेको छ ।

बिहीबार काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू रोशन शर्मा र अलिसा बराल साप्ताहिक विजेता छनोट भएका छन् । रिया फानान्सियल सर्भिस बेल्जियम र अष्ट्रेलियाबाट पैसा पठाउने विजेताद्वयले जनही  २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै सेवाग्राहीहरू कृष्णप्रसाद भुषाल, बोमबहादुर थापा मगर, महेन्द्र मल्ल, निर्मल, शितल कुमार महतो, कृष्ण कुमार कटुवाल र मनोज मेयाङ्गबो दैनिक विजेता छनोट भएका हुन् । उनीहरु प्रत्येकले एक/एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्नेछन् ।

आइएमई दसैं अफर २०७९ अन्तर्गत ”आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा”नामक थीममा आधारित रही यस पटकको स्किम संचालन हुनेछ । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही पच्चिस हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ ।

कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (( सेप्टेम्बर १-नेभेम्बर २, २०२२) सम्म कूल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ ।
यस सम्बन्धि विस्तृत जानकारीका लागि हाम्रा आधिकारिक वेभ पेज, केन्द्रीय कार्यालय, विदेशस्थित हाम्रा सम्पर्क कार्यालयहरू, नेपालका सम्पूर्ण क्षेत्रीय सम्पर्क कार्यालयहरूका अतिरिक्त सम्पूर्ण व्यावसायिक साझेदारसँग उपलब्ध हुनेछ । अफरलाई व्यवस्थित ढंगले संचालन गर्नका लागि कम्पनीले संचालन गरेका सेवा र शर्तहरूको अक्षरस पालन गर्नु गराउनुपर्नेछ ।

अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्र मार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू तथा मिडिया मार्फत सार्वजनिक गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया