Thu, 08 Dec, 2022

अल्ट्राबाइटले मनायो ८ औं वार्षिकोत्सव

२०७९ असोज १० मा प्रकाशितविचार पाना

काठमाडौं : सूचना प्रविधि कम्पनी अल्ट्राबाइट इन्टरनेसनल प्रा.लि. ९ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले एक कार्यक्रमको बीच आफ्नो वार्षिकोत्सव मनाएको हो ।

सन् २०१४ मा १ जना कर्मचारी र एक लाख ५० हजार पुँजीबाट सुरु भएको कम्पनीमा हाल करिब ३० जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । कम्पनीले नेपालका करिब ५ सय वटा व्यवसायीक संस्थाहरुको वेबसाइट, सफ्टवेयर तथा विभिन्न  एपहरु निर्माण गरिसकेको छ । कम्पनीमा विभिन्न शैक्षिक परार्मश दाता, ट्राभल एण्ड ट्रेकिङ कम्पनी, हाईड्रो पावर कम्पनी, सहकारी संस्था, मिडिया कम्पनीहरुको काम गर्दै आएको छ ।

आगामी दिनहरुमा सूचना तथा प्रविधिको क्षेत्रमा नयाँ प्रविधिको विकास गरी कम्पनीलाई स्थापित गराउने योजना रहेको कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमर भट्टराई बताए । कम्पनीले व्यापार, विद्यार्थी र साहित्य क्षेत्रलाई समेटेर नयाँ योजनाका साथ काम गरिरहेको उनको भनाई छ ।

 

..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
50 %
WOW
50 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया