Thu, 08 Dec, 2022

अब १६ हजारमै उच्च गुणस्तरको सहकारी सफ्टवेयर

२०७९ कात्तिक २७ मा प्रकाशितकाजी श्रेष्ठ

काठमाडौं : सहकारी सफ्टवेयर मिरा इआरपी आजबाट कार्यान्वयनमा आएको छ । आज (शनिबार) एक कार्यक्रमको बीच सफ्टवेयरको सफ्ट लञ्च गरिएको छ ।

२६ वटा साकोसहरुको तथ्यांक मिरा इआरपीमा माइग्रेट गरी सञ्चालनको सुरुवात भएको हो । आगामी दिनमा क्रमशः अरु सहकारीहरुमा सेवा विस्तार गर्दै लगिने कम्पनीले जनाएको छ ।

मिरा इआरपी नियोसिस टेक्नोलोजी प्रा.लि.ले बजारमा ल्याएको हो । यस कम्पनीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र प्रविधिहरुको क्षेत्रमा अब्बल कम्पनी रारा डिजिटल ल्याब्स प्रा.लि.को संयुक्त लगानी रहेको छ ।

यो सफ्टवेयर पूर्ण रुपमा सेवाको रुपमा सफ्टवेयर मोडलमा निर्माण गरिएको कम्पनीको दाबी छ । सफ्टवेयरमा हाल सदस्य तथा शेयर व्यवस्थापन, बैंकिङ प्रणाली व्यवस्थापन, लेखा व्यवस्थापन, मौज्दात व्यवस्थापन र मोबाइल बैंकिङ तथा इ–बैंकिङ व्यवस्थापन मोडुलहरु रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. भोजराज घिमिरेले जानकारी दिए ।

सफ्टवेयरको आगामी मोडुलहरुमा गुणस्तर आश्वासन, पर्यवेक्षण र अनुगमन, व्यापार बुद्धिमत्ता र रिपोर्टिङ, मानव संसाधन प्रशिक्षण र क्षमता व्यवस्थापन, व्यापार प्रक्रिया व्यवस्थापन, अनुपालन व्यवस्थापन, कागजात व्यवस्थापन, स्थिर सम्पत्ति व्यवस्थापन रहेको प्रमुख कार्यकारी अधिकृत घिमिरेले जानकारी दिए ।

मिरा इआरपी सफ्टवेयरको मुख्य विशेषताहरुमा सेवाको रुपमा सफटवेयर प्रयोग गर्न सकिने, सफ्टवेयर राख्न र प्रयोग गर्न छिटो हुने, सुरक्षा, गोपनीयता र तथ्यांक भण्डारमा सहज, साझा प्रविधि, सहकारीहरु एकअर्कासँग जोडिने, बैज्ञानिक मूल्य निर्धारण, कोपोमिसमा सहज तथ्यांक प्रविष्टि, प्रयोगकर्ताहरुलाई चलाउन सजिलो, टिटिआर र एएमएल रिपोर्ट, अंग्रेजी र नेपालीमा उपलब्ध, २४ सै घण्टा प्राविधिक सहयोग उपलब्ध हुने रहेको कम्पनीले जनाएको छ ।

यो सफ्टेवर प्रयोग गर्न अब सहकारीहरुले अन्य कुनै पनि हार्डवेयर, सुरक्षा, क्लाउड भण्डारण, ब्याकअप, फायरवाल, भिपिएन आवश्यक नपर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार सफ्टवेयरको न्यूनतम १६ हजार रुपैयाँ कायम गरिएको छ ।

सहकारी संस्थाको सफ्टवेयरमा भएको तथ्यांकको सुरक्षा र गोपनियताको विषयमा कुनै पनि सम्झौता नगर्ने पनि नियोसिस टेक्नोलोजीले प्रतिवद्धता जनाएको छ ।

सफ्टवेयरको सफ्ट लञ्च कार्यक्रमको उद्घाटन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता रहेको थियो । नेफ्स्कूनकी उपाध्यक्ष एवम् सफ्टवेयर निर्माण दिर्नेशक समितिकी अध्यक्ष शान्ति अधिकारीको अध्यक्षता भएको कार्याक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको विशिष्ट आतिथ्यतामा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
78 %
Laugh
0 %
Sad
22 %
Angry
0 %

प्रतिक्रिया