
लमजुङ : निर्वाचन आयुक्त डा. जानकारी कुमारी तुलाधरले कसैको प्रलोभन, डर, त्रास र अवरोधमा नपरी निर्वाचन सफल बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई निर्र्देशन दिएकी छिन् ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा खटिएका मतदात अधिकृत र सहायक मतदान अधिकृतका लागि बेँसीसहरमा आयोजित तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त डा. तुलाधरले आफ्नो जिम्मेवारीलाई तटस्थ, इमान्दार, निष्पक्ष भएर पूरा गरी निर्वाचन सफल बनाउन निर्देशन दिएकी हुन् ।
आयुक्त डा. तुलाधरले आम मतदाताको पहुँचयोग्य मतदान केन्द्रको स्थापना, सहज वातावरण सिर्जना गर्ने कार्यमा जुट्नलाई समेत निर्देशन दिईन । मतदाताको सार्वभौमिकताको सुनिश्चितता गर्न सहज ढंगले प्रयोग गर्न पाउने किसिमले मतदान केन्द्रको व्यवस्थापनमा ध्यान दिन आग्रह गर्दै उनले भनिन्, “निर्वाचनको निष्ठालाई उच्च राख्दै उच्च मनोबलका साथ कर्मचारीहरू अघि बढ्नुपर्छ । आयोगले संवैधानिक दायित्व बमोजिम बालिग मतअधिकारको सम्मान, लोकतन्त्रको सुदृढीकरण र जनताको सहभागितालाई सुनिश्चित गर्न आवधिक निर्वाचन सफल बनाउने जिम्मेवारी सफलताका साथ सम्पन्न गर्न विभिन्न योजना, नीति, निर्देशिका, कार्यविधि जारी गरेको छ, त्यसको कार्यान्वयन गरिरहेका छौँ ।”
...
प्रतिक्रिया