Sat, 25 Mar, 2023

सन्दर्भ ब्याजदरको क्यापले प्रतिकुल अवस्था सिर्जना भयोः महासंघ

२०७९ कात्तिक २८ मा प्रकाशितविचार पाना

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले सहकारीको ब्याजदर पनि बजारले नै स्वचालित रूपमा निर्धारण गर्न पाउनु पर्ने माग राखेको छ ।

सहकारी क्षेत्रको पछिल्लो अवस्था बारे प्रेस विज्ञप्ति जारी गर्दै महासंघले अभियानको तर्फबाट पटकपटक सन्दर्भ ब्याजदर परिवर्तन गर्न सुझाव दिँदा समेत कुनै सुनुवाइ नहुनु दुःखद भएको जनाएको हो । वित्त बजारमा ठूलो उतारचढाव आउँदा सहकारी क्षेत्रमा सन्दर्भ व्यादरको नाममा लगाइएको क्यापले गर्दा प्रतिकुल अवस्था सिर्जना गरेको जनाएको छ ।

महासंघले तत्काल सन्दर्भ ब्याजदर पुनरावलोकनका साथै त्यसलाई क्यापिङका रुपमा नभई स्वचालित बजारदरमा निर्धारण हुने व्यवस्था मिलाउन भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग माग गरेको छ ।

सहकारी संघसंस्थाको वित्तीय जोखिम न्यूनिकरण गर्न आवश्यक सहकारी कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष तथा कर्जा असुली न्याधिकरणको अविलम्ब गठन गर्न समेत उसले माग गरेको छ ।

प्रतिकूलताका बावजुद सहकारी संस्थाहरु नियमित रुपमा सञ्चालन भइरहेको भन्दै महासंघले केन्द्रिय संघ एवं राष्ट्रिय सहकारी बैंकलाई सदस्य संस्थाहरुसँग समन्वय र सहकार्य गरि सहजीकरण गर्न महासंघका अध्यक्ष मीनराज कँडेलकाे आग्रह छ ।

...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया