Thu, 08 Dec, 2022

राष्ट्र बैंकको कठोर नीतिले अर्थतन्त्र लयमा फर्किएको गभर्नरको दाबी

२०७९ कात्तिक ३० मा प्रकाशितविचार पाना

काठमाडौं : नेपाल राष्ट्र बैंकले लिएको कठोर नीतिका कारण अर्थतन्त्र सकारात्मक लयमा फर्किएको गभर्नर महाप्रसाद अधिकारीले दाबी गरेका छन् । सरकार र राष्ट्रा बैंकले गत फेब्रुअरीदेखि लिएको निर्णयले अहिले अर्थतन्त्र सकारात्मक दिशातर्फ जान थालेको गभर्नर अधिकारीले दाबी गरे ।

नेपाल बैंकको ८६ औं वार्षिकोत्सवका अवसरमा बुधबार गभर्नर अधिकारीले भने, ‘लामो समयदेखि बाह्य क्षेत्रमा धेरै पीडादायी स्थितीमा रहे पनि चालु आ.व.को तीन महिनाको तथ्यले वर्तमान आर्थिक स्थिति सन्तोषजनक देखाएको छ ।’

असोज मसान्तसम्म आइपुग्दा भुक्तानी सन्तुलन १४ महिनापछि सकारात्मक बनेको उनले बताए । असोज मसान्तसम्म भुक्तानी सन्तुलन १२ अर्बले बढेको समेत अभर्नर अधिकारीले बताए ।

गभर्नर अधिकारीले अर्थतन्त्रलाई अहिलेको अवस्थामा ल्याउन आयात प्रतिबन्ध लगाउने लगायत धेरै नीति लिनु परेको स्मरण गरे । उक्त समयमा राष्ट्र बैंकको ध्यान अर्थतन्त्रलाई स्थायित्व दिने भन्नेमा केन्द्रित रहेको र अझै पनि आफूहरु गम्भीर रहेको अधिकारीको भनाइ छ ।

....

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
50 %
Laugh
0 %
Sad
50 %
Angry
0 %

प्रतिक्रिया