Thu, 08 Dec, 2022

निर्वाचन आचारसंहिता विपरित दोर्ण कुँवरले गरे झोलुङ्गे पुल शिलान्यास

२०७९ कात्तिक ३० मा प्रकाशितविचार पाना

बागलुङ : निर्वाचन आचारसंहिता विपरित बागलुङको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख)का उम्मेदवार दोर्ण कुँवरले झोलुङ्गे पुलको शिलान्यास गरेका छन् ।

सोमबार ढोरपाटन नगरपालिका–३ को विसमोरबाट घोसा जोड्ने झोलुङ्गे पुलको पाँच दलिय गठबन्धनका साझा उम्मेदवार कुँवरले उद्घाटन गरेका हुन् । 

उम्मेदवार कुँवरसँगै नेपाली काँग्रेसका समानुपातिक उम्मेदवार दिलमाया पौवी पनि सिलन्यास कार्यक्रममा सहभागी भएका थिए ।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ३ को (ग) अनुसार कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने काम गर्न वा सो को लागि अनुदान दिन नहुने उल्लेख गरिएको भएपनि कुँवरले आचारसंहिता विपरित पुलको शिलान्यास गरेका हुन् । 

...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया