Thu, 08 Dec, 2022

राजन र ईश्वरको निर्देशनमा पैसा बाँड्दै एमाले, उम्मेदवारसहित नगर कमिटी अध्यक्ष रंगेहात पक्राउ

२०७९ मंसिर ०२ मा प्रकाशितविचार पाना

काठमाडौं : नेकपा एमालेको बुढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोलसहित ३ जनालाई प्रहरीले पैसा बाँड्दै गर्दा पक्राउ गरेको छ । काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजन भट्टराई र क्षेत्र नं ४ का उम्मेदवार ईश्वर पोखरेलको निर्देशनमा शुक्रबार मौन अवधिमा बुढानीलकण्ठ नगरपालिकाको विभिन्न वडामा पैसा बाँड्दै गरेका एमाले नगर कमिटी अध्यक्ष डंगोलसहितका उम्मेदवारलाई प्रहरीले काठमाडौं क्षेत्र नं ५ मा पर्ने बुढानीलकण्ठ नगरपालिकाको वडा नं ६ बाट पक्राउ गरेको हो । 

काठमाडौं क्षेत्र नं ४ को विभिन्न वडामा पैसा बाँडेको भनेर सूचना पाएपछि प्रहरी र स्थानीयको टोलीले उनीहरुको पिछा गरेको थियो । यसअघि काठमाडौं क्षेत्र नं ४ मा पर्ने वडा नं ११ को जगडोल, वडा नं १० को पाथीभरा बस्तीलगायतमा जनप्रतिनिधिले पैसा बाँडेको भनेर अपुष्ट समाचार आएको थियो । 

साँझ एमाले प्रदेशसभा उम्मेदवारसहित एकजना वडाध्यक्षलाई हात्तिगौँडाबाट पक्राउ गरेको थियो । उनीहरू पैसा बाँडिरहेको अबस्थामा पक्राउ परेको बताइएको छ । प्रहरी कार्यालयमा पुग्नु अघि स्थानीयवासीले तीनजनालाई रंगेहात समातेको लाइभ भिडियो सार्वजनिक गरेका थिए । 

पक्राउ पर्ने एमाले बुढानिलकण्ठ अध्यक्ष प्रदीप डंगोल, प्रदेससभा उम्मेदवार दीपक निरौला र बुनपा वडा नं ६ का वडाध्यक्ष रवि खड्का रहेका छन् । उनीहरूलाइ प्रहरीले रंगेहात पक्राउ गरेको बताइएको छ । एमाले बुढानिलकण्ठ अध्यक्ष प्रदीप डंगोलले यसअघि मानिस कुटिरहेको भिडियो सार्वजनिक भएको थियो ।

...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया