
काठमाडौं : आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट ६.८४ लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर ५ गते बसेको बैठकले उक्ता लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ७० करोड १६ लाख रुपैयाँको ६.५० प्रतिशतले हुन आउने ११ करोड ६ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३४ प्रतिशतले हुने आउने ५८ लाख २१ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण साभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
..
प्रतिक्रिया