
काठमाडौं : बुढाथुम-काठमाडौं नेवारी समाजको प्रारम्भिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
त्रिभुवनपार्क थानकोटमा आयोजना गरिएको प्रारम्भिक सभाले ध्रुव कुमार श्रेष्ठ (क) को अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा उदयलक्ष्मी श्रेष्ठ, सचिवमा सानुकुमार श्रेष्ठ (प्रकाश) र कोषाध्यक्षमा योगेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।
त्यस्तै सदस्यहरुमा किरण श्रेष्ठ, सुस्मा श्रेष्ठ, जनक श्रेष्ठ, नमराज श्रेष्ठ र ईश्वर श्रेष्ठ चयन भएका छन् । सभाले २ वर्षको लागि कार्यसमिति चयन गरेको हो ।
समाजको सल्लाहकारहरुमा ईन्द्र बहादुर श्रेष्ठ, होम बहादुर श्रेष्ठ, नारायण कुमार श्रेष्ठ, शिव कुमार श्रेष्ठ, बाबुलाल श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ, चन्द्र बहादुर श्रेष्ठ, तुलसी मान श्रेष्ठ र राम बहादुर श्रेष्ठ रहेका छन् ।
साधारण सभासँगै वनभोजको समेत कार्यक्रम रहेको थियो ।
...
प्रतिक्रिया