Sat, 25 Mar, 2023

राष्ट्रपति पौडेल के-के गर्दैछन् आज?

२०७९ फागुन २६ मा प्रकाशितविचार पाना

काठमाडौं : आज बिहानैदेखि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल व्यस्त छन्।

बिहीबार भएको राष्ट्रपति निर्वाचनबाट विजयी भएपछिको पहिलो दिन उनले आज विहान ८ बजे सभामुख देवराज घिमिरेलाई भेटेका छन् भने त्यसलगत्तै गुहेश्वरी मन्दिर दर्शन गरेका छन्।

साढे आठ बजे गुहेश्वरी मन्दिरको दर्शनलगत्तै पोडेलले ९ बजे पशुपति दर्शन गर्ने कार्यक्रम बनाएको उनको सचिवालयले जनाएको छ।

नवनिर्वाचित राष्ट्रपति पौडेल आजै ११ बजे वीपी संग्रहालय सुन्दरीजल पुग्ने बताइएको छ। सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने र संग्रहालय अवलोकन गर्ने कार्यक्रम रहेको पौडेलको सचिवालयले जनाएको छ ।

 

सन्दरीजल  प्रजातान्त्रिक लडाइका क्रममा वीपीलगायत लोकतन्त्रवादी तमामौँ नेताहरुले लामो समय जेलजीवन विताएको स्थल हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

प्रतिक्रिया