आगलागीबाट सकियो ऐतिहासिक ज्याम्रुङ दरबारको संरचना

आइतबार, आषाढ २२, २०८२

theme

घोडा बाँध्ने तवेलामा गएराति आगलागी

धादिङ, असार २२ गते । माओेवादी द्वन्द्वको वेलामा आगजनी गरेर नष्ट भएको धादिङको नीलकण्ठ नगरपालिकाको ऐतिहासिक ज्याम्रुङ दरबारको बाँकि रहेको घोडा बाँध्ने तवेलामा गएराति आगलागी भएको छ । राति लागेको आगलागीबाट तवेला पूर्णरूपमा जलेको नष्ट भएको छ ।
जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ मा रहेको शाह बंशीय ज्यामरूङ दरबार २०५९ साल असोजमा सशस्त्र युद्धका क्रममा माओवादीले आगो लगाएर जलाएपछि दरबारसँगै रहेको घोडा बाध्ने तवेला मात्रै बाँहि रहेको थियो । बाँकि रहेको सो तवेलामा गएराति आगलागी भएको हो ।
दरबारमा रहेको तवेलामा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको सोही वडाका वडा अध्यक्ष रामबहादुर श्रेष्ठले बताउनु भयो । आगोलागी भएको देखेपछि स्थानीय र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिने प्रयास गरेको भए पनि तवेलाको सम्पुर्ण भाग जलेर नष्ठ भएको छ ।
विक्रम संवत २०५९ मा दरवारमा आगजनी गरिएपछि दरबारभित्र रहेका पुस्तैनी गरगहना, ऐतिहासिक हातहतियार, पुराना मुद्रा, पूजाका सामग्री, कालीनाल, भरूवा बन्दुक, देवताका चाँदीका गरगहना, पानस, सानदान, डोली, छातालगायतका सामाग्री सबै जलेका थिए । तवेलाको माथिल्लो भागमा रेखदेखका लागी आउनेहरूको केही कपडाहरू र पुराना केही काठ भएपनि अन्य सामान भने तवेलाभित्र थिएनन् ।
तवेलामा आगो लागेर जले सँगै करिब तीन सय वर्ष पहिले राजा नरभूपाल शाहद्वारा निर्माण गरिएको भनिएको शाह वंशीय राजाहरूका पूजापाठ र सैन्य तालिमका गतिविधिको केन्द्रबिन्दु रूपमा लिइने यो दरबार पूर्णरूपमा नष्ट भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :