गुटउपगुटमा विभाजित नहुन महामन्त्री शर्माको कार्यकर्ताहरुलाई आग्रह

मंगलबार, माघ २२, २०८१

theme

धादिङ, माघ २२ गते । नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुलाई नेताहरुका गुट उपगुटका पछि लागेर समयलाई बर्बाद नगर्न अनुरोध गर्नुभएको छ ।
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ धादिङको अधिवेशनलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका महामन्त्री शर्माले नेताहरु अधिवेशन आएपछि को कुन गुट उपगुटमा पुग्ने पत्तो नहुने अहिले कार्यकर्ता चाहिँ मेरो र तेरो गुट भनेर समय बर्बाद नबाउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको हो । शर्माले नेपाली काँग्रेसका सबै नेता कार्यकर्ताले इमान्दारिताका साथ कार्य गरेर सबैको मन जित्न आवश्यक रहेको बताउनु भयो । 
महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकार कसैले भनेको आधारमा नढल्ने बताउनु भयो । कसैले कहिकतै बसेर सरकार ढल्छ भनेर सरकार नढल्ने बताउँदै महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण सहयोग रहेको बताएका भयो । शर्माले भन्नुभयो– ‘सात बुँदेप्रति नेपाली कांग्रेस पूर्ण प्रतिवद्ध छ । सम्माननिय प्रधानमन्त्रीलाई गर्नुपर्ने साथ सहयोग नेपाली कांग्रेसबाट रहन्छ । कहिकतै बसेर कसैले सरकार ढल्छ भनेको आधारमा यो सरकार ढल्दैन ।’
सरकार ढल्दैन भन्दैमा स्थानीय सरकारलाई सुस्त हुने अधिकार नरहेको उहाँको भनाइ रहेको थियो । ‘हाम्रो सरकार छ भन्दैमा ढुक्क बसेर हुदैन । मानि लिऔं, सरकार ढल्यो । त्यो बेला के गर्ने सरकार गयो भनेर खुट्टा तेर्याएर बस्ने । स्थानीय सरकार झन पाँच वर्षका लागि स्थायी सरकार हो’ शर्माले भन्नुभयो– ‘स्थानीय सरकारमा हुनेले प्रभावकारी काम गरेर नागरिकको मन जित्नुपर्छ ।’

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :