जेनजी आन्दोलन– ट्रमा सेन्टरमा पाँचसहित सात जनाको मृत्यु

सोमबार, भाद्र २३, २०८२

theme

 

दुईसय बढी घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ 

काठमाडौं । जेनजीले गरेको आन्दोलनमा भएको झडपमा कम्तिमा पनि सात जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । 

काठमाडौं प्रहरीका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार काठमाडौंको ट्रमा सेन्टरमा मात्रै पाँच जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते उनीहरुको मृत्यु भएको हो । सिभिल अस्पतालमा दुईजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने देखिएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका छन् । उनले अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा परिषद् बैठक बोलाएका हुन् । सुरक्षा परिषद्मा प्रधान सेनापतिदेखि सबै सुरक्षा निकायका प्रमुख पनि रहनेछन् ।

आज काठमाडौंमा भएको प्रदर्शनपछिको अवस्थाका बारेमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।  यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । साँझ ६ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको उनको सचिवालयले जनाएको छ ।

काठमाडौंलगायत विभिन्न ठाउँमा जेनजी पुस्ताको आन्दोलन जारी छ । अहिले प्रधानमन्त्रीले गृहमन्त्री रमेश लेखकसहितका मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :