कांग्रेसले बोलायो आकस्मिक बैठक, जेनजी आन्दोलन र सञ्जाल बन्दका विषयमा निर्णय गर्ने

सोमबार, भाद्र २३, २०८२

theme

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक डाकिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा जेनजी आन्दोलन र समाजिक सञ्जाल बन्दका विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । 

उनका अनुसार, उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू बैठकमा आमन्त्रित छन् । आज बिहानै महामन्त्रीद्वय शर्मा र गगन थापाले सभापति देउवालाई भेटेर समाजिक सञ्जाल बन्दको निर्णय तत्काल फिर्ताका लागि दबाब दिन आग्रह गरेका थिए । अब कांग्रेसले बैठकबाट निर्णय गरेरै सरकारलाई दबाब दिनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :