छोराले गरे आमाको हत्या

सोमबार, आश्विन २०, २०८२

theme

धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका ५ थापाकठेरीमा आफ्नै छोराले आमाको हत्या गरेका छन् ।
३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रहार गरी ५४ वर्षीय आमा राममाया कँडेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभएको छ।
प्रहरी उपरिक्षक रिजालका अनुसार यमबहादुर कंडेललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएको छ । आइतबार राति ९ बजे पक्राउ गरिएको हो । प्रहरी घटनास्थल पुग्दा आमाको हत्या गरी हातमा खुँडा बोकेर हिँडिरहेको अवस्थामा भेटिएको थियो । हतियार बोकेर बाहिर हिँडिरहेको यमबहादुर पछि घरभित्र छिरेपछि उनलाई घरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक रिजालले बताउनु भयो।
आफ्नै आमालाई किन त्यसरी हत्या गर्यो भन्ने कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :